‘रोटरी वा रोट्याक्ट डान्सिङ स्टार्स २०२४’ नृत्य प्रतियोगिताको उपाधि सन्तोष र बेसलाइनलाई

पाेखरा | फागुन ६, २०८०

‘रोटरी वा रोट्याक्ट डान्सिङ स्टार्स २०२४’ नृत्य प्रतियोगिताको उपाधि सन्तोष र बेसलाइनलाई

पोखरा:       पोखरामा ‘रोटरी वा रोट्याक्ट डान्सिङ स्टार्स २०२४’ नृत्य प्रतियोगिता  सम्पन्न भएको छ ।  प्रतियोगिता अन्तरगत समुहगत प्रतिष्पर्धामा बेसलाइन एकेडेमीले उपाधि जित्न सफल भयो । कुल १६ समुहले भाग लिएको यो विधातर्फको उपाधि जितेको बेसलाइनले १ लाख रुपैयाँ हात समेत पा¥यो । 


समुहगततर्फ द्धितिय बनेको निश्चल डान्स एकेडेमीले ५० हजार र तृतीय बनेको कास्की मोडनाइज्ड एकेडेमीले २५ हजार रुपैयाँ हात पारे । समुहगततर्फ पब्लिक च्वाइस अवार्ड इन्ट्रयाक्ट क्लब अफ पोखरा लेकसाइडले जित्यो । समुहगततर्फ सहभागी भएको रोटरी क्लब अफ पोखरा लेकसाइडलाई प्रोत्साहन पुरस्कार प्रदान गरियो ।
 

रोटरी दिवसको छेको पारेर आयोजना गरिएको नृत्य प्रतियोगिता अन्तर्गत एकल प्रतिष्पर्धामा रोट्याक्ट क्लब अफ स्यम्भुका सन्तोष थापा मगरले बाजी मारे । कुल ११ जनाबीच भएको एकल प्रतिष्पर्धाको उपाधि जितेका उनले नगद ५० हजार रुपैयाँ हात पारे । एकलतर्फ द्धितिय बनेकी रोट्याक्ट क्लब अफ वालिङकी विन्दु नेपालीले २५ हजार रुपैयाँ र तृतीय बनेकी रोट्याक्ट क्लब अफ बनेपाकी नीति नर्कमीले १२ हजार रुपैयाँ प्राप्त गरे । एकल तर्फ पब्लिक च्वाइस अवार्ड रोट्याक्ट क्लब अफ पोखराकी कुसुम कुमारी थापाले जितिन् ।
 

स्टार्स स्टुडियो प्रालि, स्टार्स फाउण्डेशन नेपाल र रोटरी क्लब अफ पोखरा प्याराडाइजको संयुक्त आयोजनामा प्रतियोगिता भएको थियो । गण्डकी प्रज्ञा–प्रतिष्ठानको भानु हलमा आयोजना भएको प्रतियोगिताको निर्णायकमा मन कुमार श्रेष्ठ, रबिन गुरुङ र राज बहादुर गुरुङ रहेको कार्यक्रम संयोजक जसमाया गुरुङ जसुले जानकारी दिइन् ।
 

रोटरी क्लब अफ पोखरा प्याराडाइजका उपाध्यक्ष डा. हरि विक्रम अधिकारीको अध्यक्षतामा सञ्चालन भएको प्रतियोगिताका सहभागीलाई हौसला प्रदान गर्न ड्रिष्टिक गर्भनर राजेन्द्र धोजु, ड्रिष्टिक गर्भनर नोमिनी विनोद कोइराला, पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पदमराज ढकाल लगायत पुगेका थिए । कार्यक्रमको थप आकर्षणको रुपमा स्टार्स एकल गुरुङ नृत्य प्रतियोगिता २०७९ को मनोरञ्जनात्मक अवार्ड विजेता अर्चना गुरुङको प्रस्तुती समेत रहेको थियो ।


रोटरी वा रोट्याक्ट क्लबमा आवद्ध अथवा रोटरीको परिवारमा रहेका प्रतिभाको प्रतिभा प्रस्फुटन गराउने उद्धेश्यले आयोजना गरिएको प्रतियोगितामा समुहगततर्फ भने खुल्ला प्रतिष्पर्धा गरिएको कार्यक्रम संयोजक गुरुङले खुलाइन् ।
 

रोटरी क्लब अफ पोखरा प्याराडाइजले सामाजिक कार्य मार्फत आफूलाई स्थापित गर्न खोजिरहेको छ । कार्यक्रमबाट बचत भएको रकम नृत्य मार्फत महिला शसक्तिकरण अभियानको लागि छात्रवृत्तिमा खर्च गरिने आयोजकले बताएका छन् । रोटरी क्लब अफ पोखरा प्याराडाइजका सचिव देवेन्द्र पराजुलीले स्वागत गरेको कार्यक्रमको सञ्चालन लक्ष्मी थापा गिरी र जसु गुरुङले गरेका थिए ।

काठमाडौँ:  रास्वपाबाट आगामी निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवार रहेका बालेन्द्र शाह (बालेन) काे चुनावी प्रचारमा हिँडेका चलचित्र पत्रकार दिनेश सिटौलाको निधन भएको छ ।   ग्रान्डी अस्पतालका अनु...

थप पढ्नुहोस्

पोखरा:   २५औं आहा! रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिता यही माघ २७ गदेखि सुरु हुने भएको छ ।   मोफसलको प्रतिष्ठित सहारा क्लबले आयोजना गर्ने २५ औं संस्करणको प्रतियोगिताको तिब्र पारिएको प...

थप पढ्नुहोस्

काठमाडौं : नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ।   यसदिन सुन तोलामा १८ हजार ८०० रुपैयाँले घटेको हो।   मूल्य घटेसँगै एक तोला सुनको भाउ ३ लाखमा झरेको छ। अघिल्लो साता...

थप पढ्नुहोस्